मेयरमा पराजित भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री


काठमाडौं-नेकपा एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि मन्त्रालय सम्हाल्दै आएका राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस डिलसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

न्यौपाने २०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयर पदमा पराजित भएकी एमाले नेतृ हुन् ।

 

प्रतिक्रिया