पाँच सहसचिवको सरुवा, अध्यागमन विभागमा नेतृत्व फेरबदल


काठमाडौं- गृहमन्त्रालयले पाँच जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाट सरुवा गरिएको छ । खोटाङमा अब कल्पना श्रेष्ठ सीडीओको रूपमा पठाइने भएको छ ।

त्यस्तै अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई मन्त्रालयमा सरुवा गरिएको छ भने उनको स्थानमा सहसचिव रामचन्द्र तिवारीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाई पनि गृह मन्त्रालयमै फिर्ता बोलाइएको छ ।

 

प्रतिक्रिया