पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौ- काठमाडौको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रवार बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो । कार चालक विरेन्द्र राज श्रेष्ठलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ ।

उनलाई सवारी ज्यान अन्तर्गतको कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ । डितमको शव ट्रमा सेन्टरमा राखिएको छ ।

प्रतिक्रिया