रसुवागढीमा बाढी, मितेरी पुल बगायो


काठमाडौं – बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यहाँ सयौँ इभी गाडी पनि बगाएको सूचना प्राप्त भएको छ । त्यहाँ मालवाहक गाडी र चालक हरु पनि बगाएको हुन सक्ने बताइएको छ, तर स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । विहान सवा ३ बजे बाढी आएको हो ।

स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्‍याइएको अपुष्ट खवरहरु छन् ।

घटनाको बारेमा बुझ्न सरोकारवालाहरुसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएको कारण सडक पुलमा समेत केही क्षति पुर्‍याएकोले धादिङ जिल्लाको त्रिशुली नदी किनारका दुवै तर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया