टेक्सासमा आएको बाढीका कारण १३ जनाको मृत्यु, २० बेपत्ता


टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको मृत्यु गएको छ।

बाढीमा परेर कयौं घाइते भएका छन्।

अधिकारीहरूले क्याम्पमा रहेका २० भन्दा छात्रा हराइरहेको जनाएका छन्। ४ जुलाइमा मनाइने स्वतन्त्रता दिवसका धेरै कार्यक्रम भङ्ग भएका छन्। ४५ मिनेटको अन्तरमा ग्वाडोलाप नदी २६ फिट माथि उठेको थियो।

हेलिकोप्टर, नौ वटा उद्धार टोली र स्थानीयहरू उद्धार कार्यमा संलग्न छन्।

केयर काउन्टीको पर्यटकीय क्षेत्र पूर्ण रूपमा नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन्।

सो नदीमा हरेक वर्ष बाढी आउने भए पनि यस वर्षको बाढी असामान्य रहेको जनाइन्छ। ४ जुलाइका दिन स्वतन्त्रता दिवस मनाउनका लागि त्यहाँ धेरै जनाको भीड हुने गरेको थियो।

 

प्रतिक्रिया