एसीसी यू-१६ इष्ट जोन कपः उपाधिका लागि आज सिंगापुरसँग नेपालको भिडन्त


काठमाडौं – एसीसी यू-१६ इष्ट जोन कपको उपाधिका लागि नेपालले शनिबार सिंगापुरसँग खेल्दैछ। खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा बिहान पौने ८ बजे शुरु हुनेछ ।

फाइनलसम्म आइपुग्दा नेपाल अपराजित छ। प्रतियोगिताको साविक विजेता समेत रहेको नेपाल अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ। सिंगापुर समूह चरणमा नेपालसँग पराजित भएको थियो ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूह विजेता टोली हङकङलाई हराएको थियो।

शनिबार नै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया