मकवानपुरमा एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ


काठमाडौं- देशका विभिन्न ठाउँहरूबाट ठूलो मात्रामा लागूऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्। लागूऔषध नियन्त्रणको अभियानअन्तर्गत प्रहरीले विभिन्न अपरेसनमा दर्जनौँ किलो अवैध पदार्थ बरामद गरेको छ।

मकवानपुरको कैलाश गाउँपालिका–५ कटहरेबाट १,०७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङको टोलीले विभिन्न घरहरूमा छापा मार्दा ५४ बोरा गाँजा फेला परेको हो।

 

 

प्रतिक्रिया