काठमाडौंमा पेस्तोलसहित दुई युवक पक्राउ


काठमाडौं — पेस्तोलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी निवासी २९ वर्षीय सुरेश कुमार राम र दिनेश कुमार राम रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार दिउँसो २ बजे तिलगंगास्थित डेराबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको डेराबाट कटुवा पेस्तोल एक थान, त्यसका दुई म्यागेजिन, एक थान खुकुरी र दुई थान मोबाइल बरामद गरेको छ।

प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार ती वस्तुहरू किटक्याट लेखिएको बट्टामा लुकाएर राखिएको थियो। हाल पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया