प्रचण्डको माग सर्वोच्चले खारेज गरिदियो, पुनरावलोकन नहुने आदेश


काठमाडौं– २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको आधिकारिकता र एमाले माओवादी ब्युँताउने आदेशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले सदर गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसला पुनरावलोकनका लागि गरेको निवेदनमा पुनरावलोकन नहुने आदेश दिइएको हो।

मंगलबार प्रचण्डले सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवेदन दिँदै रिट निवेदकले माग गरेभन्दा क्षेत्राधिकार मिचेर आदेश भएको उल्लेख गरेका थिए।

प्रतिक्रिया