बाढी पहिरोको बितण्डाः पूर्वपश्चिम राजमार्ग र कालीगण्डकी कोरिडरसहित ५ सडक पूर्ण अवरुद्ध


काठमाडौं – पछिल्ला दिनहरुमा देशभर आएको वर्षाका कारण १३ वटा मुख्यसडकहरु प्रभावित बनेका छन् ।

नेपाल प्रहरीका अनुसार ५ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने अन्य सडकहरु एकतर्फ सुचारु भएका छन् ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटे गाउँपालिका लार्चामा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।

त्यस्तै पूर्वी नवलपुरको विनयी त्रिवेणीमा आएको बाढीका कारण महेन्द्रराजमार्ग पूर्ण अवरुद्ध भएको छ । त्यस्तै गैंडाकोटबाट पाल्पाको पिपलडाँडा निस्कने कालीगण्डकी पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुलिङटार गाउँपालिकाको बतासे डाँडामा कालीगण्डकी करिडोरको सडक पहिरो जानकारी पूर्ण अवरुद्ध रहेको छ ।

त्यस्तै दाङको तुल्सीपुरस्थित राम्रीमा पहिरो गएका कारण सल्यान जाने सडक पूर्ण अवरुद्ध भएको छ । त्यस्तै सल्यानको कपुरकोटको चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग पूर्ण वरुद्ध भएको छ ।

May be an image of text

प्रतिक्रिया