डडेल्धुरामा सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु


डडेल्धुरा- परशुराम नगरपालिका–७ साँदनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ  ।

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो।

तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।

प्रतिक्रिया