बाढीले देशभरका ११ सडक प्रभावित, ६ पूर्णरूपमा बन्द


काठमाडौं – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागहरूमा यातायात अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे सार्वजनिक गरेको सूचना अनुसार ११ मुख्य राजमार्ग प्रभावित भएका हुन् ।

जसमा ६ वटा सडक पूर्णरूपमा बन्द छन् भने ५ वटा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

प्रभावित क्षेत्रहरूमा धनकुटा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटी रहेका छन् ।

ती जिल्लामा परेको भीषण वर्षाले सडकमा पहिरो झरेको र केही स्थानमा सडक भासिएको जनाइएको छ।

 

प्रतिक्रिया