
धवलशमशेर राणाको बयान खनालको इजलासमा
काठमाडौं – अदालतमा उपस्थित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको बयान सुरु भएको छ ।
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिव प्रसाद खनालको इजलासमा उनको बयान सुरु भएको हो । राणा सोमबार बिहानै अदालतमा उपस्थित भएका थिए ।
२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा बिरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
यसअघि प्रहरीले अनुसन्धान पुरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका राणा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए । यसअघि तीनकुने घटनामा ७ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।



कागजपत्र |
