
प्रचण्डको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्चले निर्णय हुँदै
काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलोकन निवेदनमाथि सर्वोच्चले आज निर्णय गर्ने भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने वा नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्ने भएको हो ।
गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले एमाले–माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गरेको थियो।
मंगलबार उक्त फैसलाकोविरुद्धमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्चमा पुनरावलोकनको निवेदन दिएका थिए।
आज सर्वोच्चले मुद्दा अगाडि बढाउने नबढाउनेबारे टुंगो लगाउनेछ। सर्वोच्चले आज निस्सा प्रदान गरे मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ।



कागजपत्र |
