


प्रतिनिधिसभाको बैठक आज बस्ने कार्यसूची, विपक्षीको भूमिका कस्तो रहला ?

काठमाडौं — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ः०० बजे बस्ने तय भएको छ।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नेछन्।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।
जेठ १५ गतेको बजेट भाषणका लागि अवरोध नगरेका विपक्षीहरुले त्यसबाहेकका हरेक दिनमा अपरोध गर्दै आएका छन् ।

