सिंहदरबारमा तीन दलका शीर्ष नेता बैठक बस्दै


काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भएको छ ।

संसद् अवरोधसहित पछिल्लो राजनीतिक विषयमा आज छलफल हुन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ४ बजे उक्त छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया