‘म झोले हो’


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ‘झोले’ भएको भन्दै सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरेका छन्।

फेसबुकमा दुई हात जोडेको आफ्नो तस्वीरसहित ओलीले लेखेका छन्, “म झोले हो। एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।”

पोस्टरसँगै उनले एउटा स्टाटस पनि लेख्दै कार्यकर्ताहरूलाई ‘झोले’ भन्ने आरोपबाट नआत्तिन र सत्यको पक्षमा उभिन आह्वान गरेका छन्। उनले भनेका छन्, “सामाजिक सञ्जालमा ‘झोले’ भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ।” यसअघि पनि ओलीले सार्वजनिक भाषणमार्फत आफू झोले भएको बताएका थिए।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि आजै ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

प्रतिक्रिया