
राप्रपाका नेतृ खुश्बु ओलीलाई चेक बाउन्स मुद्दामा सर्वोच्चबाट सफाइ
काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओली चेक बाउन्स सम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएकी छन्।
सोमबार सर्वोच्च अदालतको इजलासले ओलीविरुद्धको फैसला उल्ट्याउँदै उनलाई दोषमुक्त ठहर गरेको हो। न्यायाधीश कुमार चुँडाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले फैसला सुनाएको हो।
२०७६ सालमा काठमाडौं जिल्ला अदालतले चेक बाउन्स प्रकरणमा दोषी ठहर गर्दै उनलाई तीन महिना कैद सजायको फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च पुगेकी ओलीले अन्ततः सफाइ पाएकी हुन्।
उनविरुद्ध गोपाल कटुवालले मुद्दा दायर गरेका थिए। ओलीले कटुवालसँगको लेनदेन दुई वर्षअघि नै मिलिसकेको दाबी गर्दै अदालत गएकी थिइन्। अन्ततः कटुवालले पनि आफूले ओलीबाट सबै पैसा पाइसकेको स्वीकार गरेपछि अदालतले ६ वर्षपछि न्याय सुनाएको हो।



कागजपत्र |
