आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित, ओली–देउवा भेट्ने


काठमाडौं- सोमबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक आज भने नबस्ने भएको छ । आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरबारे निर्णय गर्न सक्ने सम्भावना रहेको चर्चा थियो । तर मन्त्रिपरिषद्को बैठक नै नबस्ने भएको हो ।

बैठक किन नबसेको हो भन्नेबारे केही खुलाइएको छैन । बैठकको अर्को मिति र समय पनि तोकिएको छैन।

आजै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल हुने भएको छ। उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ ।

प्रतिक्रिया