

आतंकवादविरुद्ध नेपालले सबै देशसँग सहकार्य गर्नुपर्छ : रामहरि खतिवडा

काठमाडाैं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशसँग सहकार्य गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वर्तमान विश्व राजनीतिक तनावले नेपाललाई पनि जोखिममा पार्न सक्ने बताए।
उनका अनुसार रुस–युक्रेन युद्ध, इजरायल–हमास संघर्ष, अमेरिकाको नीतिगत हस्तक्षेप, चीन–ताइवान तनाव, र भारतले पाकिस्तानी आतंकवादविरुद्ध लिएको कठोर रुखले क्षेत्रीय अस्थिरता बढाइरहेको छ। यस्तो संवेदनशील अवस्थामा नेपालले सजग रहनुपर्ने उनको आग्रह छ।
“यस्ता अन्तर्राष्ट्रिय घटनाले नेपाल झन् जोखिमयुक्त अवस्थामा छ भन्ने देखिन्छ। त्यसैले सरकार समयको जटिलता सामना गर्न तयारी अवस्थामा रहनुपर्छ,” उनले भने।

