Click to toggle navigation menu.

प्रधानमन्त्री ओलीले खुलाए आफ्नो मृर्गौला फेल हुनुको कारण


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको मुख्य कारण पञ्चायतकालमा गोलघर जेलमा भोगेको अमानवीय यातना र त्यसपछि लिइएका औषधिको असर रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले जेल जीवनमा चिसो भुइँमा सुताएर यातना दिइएको, त्यसपछि क्षयरोग (टिबी) र अल्सर जस्ता रोगले ग्रसित भएको र पीडाका लागि बारम्बार पेन किलर सेवन गर्नुपरेको बताए।

“पेटभरी घाउ भएर, भतभत पोल्छ, रगत आउँछ, अनि पेन किलर दिन्छन्। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?” भन्दै उनले ती सबै स्वास्थ्य समस्याहरूले अन्ततः मिर्गौला फेल गराएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियानअन्तर्गत कुष्ठरोग उन्मूलनलाई सरकारको प्राथमिकतामा राखिने बताउँदै यो प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार अहिले नेपालमा प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी देखिनु सकारात्मक भए पनि रोग पूर्ण रूपमा निर्मूल नगरेसम्म सन्तुष्ट हुन नसकिने स्पष्ट गरे।

साथै, कुष्ठरोगप्रति सामाजिक चेतना फैलाउनु आवश्यक रहेको बताउँदै उनले रोग लुकाउनु नपर्ने, संक्रमितलाई हेलाँ नगर्नुपर्ने, र कानुनमा आवश्यक संशोधनसहित सरकारले सबैखाले सहजीकरण गर्ने जानकारी गराए।

प्रतिक्रिया



थप समाचार

रवीन्द्र मिश्रमाथि अर्को मुद्दा

काठमाडौं— राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा दायर गरिएको छ। तीनकुनेमा चैत १५ गते भएको घटनापछि पक्राउ  — विस्तृतमा

रेशम चौधरी पक्राउ प्रकरणबारे संसदमा के भने गृहमन्त्री लेखकले ?

काठमाडाैं- गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको हालैको पक्राउमा सरकारले कुनै राजनीतिक पूर्वाग्रह नराखेको स्पष्ट गरेका छन्।  — विस्तृतमा

जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा

काठमाडौं – राजसंस्था पुनर्स्थापनका लागि गठित समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेको छ । राजसंस्था पुनर्स्थापना  — विस्तृतमा

आतंकवादविरुद्ध नेपालले सबै देशसँग सहकार्य गर्नुपर्छ : रामहरि खतिवडा

काठमाडाैं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशसँग सहकार्य गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा  — विस्तृतमा

भारत-पाक तनावबीच सांसद तामाङको माग- गोर्खा सैनिकलाई प्रयोग नगरियोस्

काठमाडाैं- पाकिस्तान र भारतबीच बढ्दो तनावका सन्दर्भमा सांसद मिना तामाङले नेपाली गोर्खा सैनिकलाई सम्भावित युद्धमा पहिलोपटक प्रयोग नगरियोस् भन्ने  — विस्तृतमा

किसानलाई डीडीसीले ६ महिनासम्म दूधको पैसा दिएन : सांसद सापकोटा

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानले बेचेको दूधको पैसा ५ महिनादेखि  — विस्तृतमा

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछन् । जसअनुसार  — विस्तृतमा

प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथी छलफल आज पनि (कार्यसूचीसहित)

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान  — विस्तृतमा

ताप्लेजुङ झडपपछि पूर्वमन्त्री साम्सोहाङसहित दुई जनामाथि कारबाही

काठमाडाैं- नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीभित्रको अनुशासन तोडेको आरोपमा पूर्वमन्त्रीसमेत रहेका बलबहादुर साम्सोहाङ र पर्यटन विभाग सचिव मणिकुमार  — विस्तृतमा

फेरि आन्दोलनको घोषणा गर्दै राजावादी, ५० बढी संघ संस्थाले समर्थन जनाउने

काठमाडौं– नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आन्दोलनको घोषणा गर्ने भएको छ । समितिले बैशाख  — विस्तृतमा

अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्छः मन्त्री पौडेल

काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताएका छन् । आज (बुधबार)  — विस्तृतमा

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist