भारत र पाकिस्तानबीच कश्मीरमा गोलाबारी जारी


एजेन्सी – कश्मीरमा भारत र पाकिस्तानले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका छन् ।

विवादित कश्मीरलाई विभाजन गर्ने नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) मा बुधबार रातिबाट गोलाबारी भइरहेको हो ।

पाकिस्तानी सेनाले कश्मीरको नियन्त्रण रेखा (एलओसी) पार गरेर हलुका हतियार र बन्दुक प्रयोग गरी गोलाबारी गरेको थियो । भारतीय सेनाले त्यसैअनुसारको प्रतिकार गरेको बताइएको छ ।

अप्रिल २२ मा कश्मीरमा २६ पर्यटकको हत्यापछि हरेक दिन नियन्त्रण रेखामा दुवै देशतर्फबाट गोलाबारी गरिँदै आएको छ ।

 

प्रतिक्रिया