

उत्तरकाशीमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु, १ घाइते

नयाँदिल्ली – भारतको उत्तरकाशीमा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर एक निजी कम्पनी एरो ट्रिंक हेलिकोप्टर दुर्घटना भएको थियो ।
प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

