

वर्षाले डाइभर्सन बगाउँदा कान्ती लोकपथ सडक अवरुद्ध

मकवानपुर – वर्षाका कारण कान्ती लोकपथ सडक खण्ड अवरुद्ध भएको छ ।
आज विहान मकवानपुर र ललितपुरको सिमाना मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ ललितपुर तर्फको बागमती खोलामा बनाइएको डाइभर्सन वर्षाले बगाउँदा कान्ती लोकपथ सडक खण्ड अवरुद्ध भएको हो ।
सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो वर्षाका कारण बगाएकाले तत्काल बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोलीद्वारा अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ । हाललाई हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरू प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

