युवती बलात्कारपछि हत्या प्रयास गर्ने प्रहरी हिरासतमा


काठमाडौं – रुपन्देहीमा १९ बर्षीया एक युवतीलाई बलात्कारपछि हत्या प्रयास गर्ने एक युवालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

चैत ७ गते बिहान तिलोत्तम नगरपालिका–११ को हरियाली वनमा युवतीलाई जवरजस्तीकरणी पछि ज्यान मार्ने उद्योगमा संलग्न सोही स्थानका २३ वर्षीय सुरेश थारुलाई पक्राउ परेका हन्।

थारुलाई हिरासतमा लिइएको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए। उनकाअनुसार निजले बलात्कार गरि सकेपछि तीनै युवतीले बोकेको छोलाको डोरीले घाँटी कसेर हत्याको प्रयास गरेका थिए।

उनीहरु आपसमा चिनजानका हुन्। एउटै विद्यालयमा पढेका र युवतीभन्दा दुई तिन ब्याच सिनिएर हुन् ती युवा । थारुविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भई अनुसन्धान भइरहेको डिएसपी राठौरले बताए।

प्रतिक्रिया