विद्यार्थी भिसाको नाममा ठगी: ६१ लाख हिनामिना गर्ने दुई युवा सुन्धाराबाट पक्राउ


काठमाडौं- अमेरिका जान लागेको भन्दै बैंक स्टेटमेन्ट देखाउनु पर्ने बहानामा ६१ लाख रुपैयाँ हिनामिना गरेका दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–२ का २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा नगरपालिका–४ का १८ वर्षीय प्रिन्स कुमार रहेका छन्।

उनीहरूले अमेरिका जान विद्यार्थी भिसा प्रक्रियाको नाममा एक व्यक्तिलाई झुक्याएर बैंक खातामा ब्यालेन्स देखाउन रकम जम्मा गराएका थिए। पीडितलाई विश्वास दिलाई उक्त रकम आफ्नै खातामा हाल्न लगाई पछि सो रकम विभिन्न खातामा सारेर फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी अंगुर जिसीका अनुसार आरोपीहरूलाई सुन्धाराबाट पक्राउ गरिएको हो। हाल उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

प्रतिक्रिया