गोरु काट्ने गुरुङ पक्राउ


स्याङ्जा-  घरमा पालिराखेको गोरु जोत्न नसक्ने बुढो भएपछि घर मालिकले काटेका छन् । जिल्लाको पुतलीबजार नगरपालिकामा गोरु काट्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १२ पेल्काचौर बस्ने डम्बर बहादुर गुरुङ (टेक) रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मंगलबार बेलुका उनले गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो । गुरुङले आफ्नै घरमा पालेको गोरुलाई आफ्नै घर नजिकै बारीमा लगी फलामको घन समेतले टाउकोमा प्रहार गरी मासु काटी घरको आगनमा ल्याई त्रिपालभित्र बेरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो ।

गोरु काटी फरार रहेकोमा उनलाई खोजतलास गर्दै जाँदा पुतलीबजार नगरपालिका १२ पेल्काचौरमा लुकिछिपी बसेको अवस्थामा बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पशुपंक्षी सम्बन्धी कसुर मुद्दा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया