

मध्यरातदेखि घट्यो पेट्रोलियम मूल्य, यस्तो छ नयाँ मूल्य सूची (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ।
नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो।
एलपी ग्यास पनि घटेर आएको तर मूल्य यथावत राखिएको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ।

