१८ महिनापछि प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित


काठमाडौं -प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार बिधेयक पारित गरेको हो ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको बिधेयक १८ महिना पछि आज बल्ल आज पारित भएको हो ।

अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो बिधेयक प्रतिनिधिसभा पछि अब राष्ट्रियसभामा जानेछ ।

प्रतिक्रिया