स्रोत नखुलेको करिब ४३ लाखसहित भारतीय नागरिक पक्राउ


कपिलवस्तु – भारतीय नागरिक आशीष कुमारलाई ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँसहित चन्द्रौटास्थित ग्यालेक्सी टोलको एक भाडावाला कोठाबाट पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले ४२ वर्षीय शिवा पटवा भन्ने आशीष कुमारलाई पक्राउ गरेको हो।

उनको साथबाट नोट गन्ने मेसिन पनि बरामद भएको छ, जसको आधारमा प्रहरीले उनलाई गैरकानुनी हुण्डी कारोबारीको संलग्नतामा हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया