काठमाडौंबाट झापा आउँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते


झापा- झापाको शिवसताक्षीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

काठमाडौंबाट झापा आइरहेको प्रदेश १-०१००१-ख४२ नम्बरको रात्रिबस शनिबार बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका-९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। घाइतेको उपचार विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बीएण्डसी हस्पिटलमा भइरहेको उनले बताए।

दुर्घटनामा काठमाडौंमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। प्रहरीका अनुसार शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक छ ।

बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसचालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालयको टोली पुगेर घाइतेको उद्धार गरेको थियो।

प्रतिक्रिया