

प्रधानमन्त्री ओली र स्टार फुटबलर रोबर्टो कार्लोसबीच भेटघाट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच भेटघाट भएको छ । बुधबार उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट भएको हो ।
विश्वकप विजेता कार्लाेस नेपाल सुरपल लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् ।
प्रधानमन्त्री ओलीले कार्लाेसको आगमनले नेपालका खेलाडी र युवालाई उत्साह मिलेको बताए । उनले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गरे । दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्ने ओलीको भनाए छ ।
प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरेका छन् ।
आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।

