

शिक्षकको समस्या यथाशीघ्र समाधान गर्न मानव अधिकार आयोगकाे आग्रह

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आन्दोलको स्थलगत अनुमगनपछि सरकारलाई छिटो माग सम्बोधन गरेर शिक्षकहरुलाई घर फर्काउन आग्रह गरेको हो ।
आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको । साथै, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत तेह्र दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनवाट पाइएको छ’ आयोगले भनेको छ ।
शिक्षक आन्दोलनका कारण एसइइको नजिता सार्वजनिकमा प्रभाव पर्ने, कक्षा १२ को परिक्षा रोकिने र विद्यालयको नयाँ भर्नासमेत अवरुद्ध हुनु अस्वभाविक भएको भन्दै आयोगले यथाशीघ्र माग सम्बोधन गर्न भनेको हो ।

