

सिद्धार्थ राजमार्गमा पाल्पा जाँदै गरेको कारमाथि ढुंगा बजारियो

रूपन्देही- बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कारमाथि ढुंगा बजारिएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको ढुंगा लागेको हो ।
लुम्बिनी प्रदेश ज०२७६ नम्बरको कारमा माथिबाट आएको ढुंगाका कारण पूर्ण रुपले क्षति पुगे पनि यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।

