

७ सीडीओसहित गृहका १३ जनाको सरुवा

काठमाडौं- गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो ।
गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएका छन् ।
उदयपुरका प्रमुख जिल्लदा अधिकारी हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन्। उनी उपसचिव हुन् ।
गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।

