माधव नेपाल समूहको बैठक जारी, थप योजना बनाउँदै


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलेकाे निणर्य विरुद्ध आफ्नो अडान कायमै राखेको यस समुहको बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक जारी छ । यो समूहको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बसेको थियो ।

ओलीले हिजो बोलाएको संसदीय दलको बैठकमा सहभागी भएको यो समूहले थप योजना बनाउन छलफल गरिरहेको छ । ‘हिजोकै बैठकको निरन्तरता हो । कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौं’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

२३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार, यो समूहले २ जेठ २०७५ अगाडिकै पार्टी संरचना र विधान बमोजिम बैठक बस्नुपर्ने यो पक्षले अडान लिदै आएको छ । तर, ओलीले भने आफूले गरेका कुनै पनि निर्णय फिर्ता नलिने अडान लिएका छन् ।

 

प्रतिक्रिया