अवतरणको अनुमति म्याद सकिएपछि एयर एसियाको जहाज आकाशमै होल्ड


काठमाडाैं- अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ भएकाे छ ।

यात्रुसहित थाइल्यान्डको बैंककबाट काठमाडौं आएको थाई एयर एसियाको जहाज होल्डमा बसिरहेको हाे ।

यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।

थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र रहेकाे विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलादे बताए ।

उनले  साे जहाज काठमाडौंमा अवतरण गर्न नपाउने भएकाले डाइभर्ट हुनुपर्ने बताए ।

जहाजलाई अवतरण गराउने वा डाइभर्ट गराउनेबारे अहिले प्राधिकरणका उच्च अधिकारीहरू छलफलमा छन् ।

प्रतिक्रिया