माओवादीले कात्तिक १० गते सुन्धराबाट प्रदर्शनसहितको र्याली निकालेर काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने जनाएको छ ।
सरकार छानीछानी विपक्षी नेतालाई जेल हाल्दैछ : सापकोटा
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना दलका नेताहरूलाई जोगाउने र विपक्षी दलका नेताहरूलाई कारबाही गरिरहेको आरोप लगाएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले विपक्षी नेताहरूलाई छानी छानी मुद्दा लगाउने र जेल हाल्ने काममा केन्द्रित भएको बताए । उनले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि खुला रूपमा संरक्षण गरेको आरोप लगाए ।