लम्बियो रवि लामिछानेको बयान, जनाए असन्तुष्टी


काठमाडौं – कास्कीको पोखरास्थित सरकारी वकिलको कार्यालयमा लिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लम्बिएको छ ।

साढे २ बजेबाट सुरु भएको बयान ‘अनावश्यक’ लम्ब्याइएको भन्दै लामिछानेले असन्तुष्टी जनाएका छन् ।

बयान अधुरो राखेर भोलि म्याद थपका लागि बहाना बनाउन खोजिएको भन्दै रविले आपत्ति जनाएको स्रोतले जानकारी दिएको छ । आज जसरी पनि बयान सक्नु पर्ने अडानमा रवि रहेको स्रोतको भनाइ छ ।

रविले बयान नसकेसम्म कुर्सीबाट नउठ्ने भन्दै असन्तुष्टि जनाएको स्रोतले जानकारी दियो । जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिएको छ ।

 

प्रतिक्रिया