सिन्हाको अध्यक्षतामा नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय समिति गठन
काठमाडौं- सरकारले नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषणका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न भन्दै पाँच सदस्यीय समिति गठन गरेको हो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश, अनिल कुमार सिन्हा समितिका अध्यक्ष छन् । समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।