प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने नेपाल पक्षको निर्णय


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको शुक्रबारको बैठकमा सहभागी हुने माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिले निर्णय गरेको छ।

कलंकीमा बसेको बैठकले पार्टीभित्रै बसेर संघर्ष गर्ने, पार्टी जोगाउनका लागि सक्रियता जनाउनेसँगै संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए।

बैठकमा सहभागी भई संसदीय दलको विधान परिवर्तनबारे सांसदहरूले प्रश्न उठाउनेछन्। प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा बैठक बोलाएका छन्।

उक्त बैठकमा मावधकुमार नेपाल, झलनाथ खनाल पनि सहभागी हुन्छन् भन्ने प्रश्नमा पन्तले भने,‘सांसद उपस्थित हुने कुरा भएको छ, व्यक्ति को जाने को नजाने भन्ने विषयको चर्चा भएन, कोही काम नपरेर पनि नजान सक्छन्।’

प्रतिक्रिया