डेंगुको संक्रमणबाट पर्यटन व्यवसायी मिश्रको निधन


काठमाडौं-  पर्यटन व्यवसायी वसन्त मिश्रको निधन भएको छ ।

आइतबार बिहान ७१ वर्षको उमेरमा उनको डेंगुको संक्रमणबाट थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको मिश्रका आफन्तले जनाएका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन्, जसले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याएका छन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि यो क्षेत्रमा सक्रिय थिए ।

मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन् ।

प्रतिक्रिया