ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन नयाँ व्यवस्था सुरु गरिएको जानकारी दिएका छन् । ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, नागरिक एप मार्फत मोबाइलमा लाइसेन्स उपलब्ध गराइने उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार, सवारी नियम उल्लंघन भएमा ट्राफिक प्रहरीले चिट काट्दा तत्कालै डिजिटल पेमेन्ट गर्न सकिने व्यवस्था पनि लागू हुनेछ । “यस नयाँ व्यवस्थाले लाइसेन्स छपाइको समस्या अन्त्य हुनुका साथै जरिवाना तिर्दा हुने झन्झट पनि हटाएको छ,” ओलीले भनेका छन् ।

यो नयाँ प्रणाली भोलिदेखि बागमती प्रदेशको यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा सुरु हुनेछ । प्रधानमन्त्री ओलीले यो व्यवस्थाले सरकारी सेवा छिटो र सरल बनाउन नागरिकलाई सहयोग पुर्‍याउने आशा व्यक्त गरेका छन् । साथै, नागरिक एपमा अन्य सेवा पनि थप्ने तयारी भइरहेको जानकारी दिँदै, कुनै पनि कामको लागि लाइन बस्नुपर्ने समस्याबाट नागरिकहरूलाई मुक्त गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रिया