विपक्षी दलका नेताहरुको बैठक सुरू
काठमाडौं – विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।
बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, शक्ति बस्नेत सहभागी छन् ।
यस्तै रास्वपा सभापति रवि लामिछानेसहित सो पार्टीका आधा दर्जन नेताहरु बैठकमा छन् ।
यस्तै सत्तापक्षका महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् । यस्तै प्रभु साह पनि बैठकमा छन् ।