मकवानपुरमा तीनवटा गाडी ठोक्किँदा २८ जना घाइते


मकवानपुर – मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्।

भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौँबाट जनकपुर जाँदै गरेको बा ३ख २७२३ नम्बरको मिनिबस र हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो।

बा २ ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए। उनका अनुसार, गम्भीर घाइते ६सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

प्रतिक्रिया