जापान पठाउँछु भन्दै ठगी, शंखमुलबाट २८ वर्षीय पारस पक्राउ


काठमाडौं- जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भएर काठमाडौँ बस्ने २८ वर्षीय पारस कार्की छन् ।

उनले जापान पठाउँछु भनेर दुई जनासँग २ लाख २५ हजार रकम असुलेर सम्पर्क विहीन भएकाे खुलेकाे छ । आरोपीलाई शंखमुलबाट पक्राउ गरेर कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले  बताए ।

प्रतिक्रिया