विराटनगरमा कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु


बिराटनगर- कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको छ । आइतबार साँझ मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३२ वर्षीय प्रहरी जवान चित्रसागर राईको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए ।

प्रहरीले कार र त्यसका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया