नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ


काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गरेका छन् ।

राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शपथ ग्रहण गराएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच नवनियुक्त प्रधानन्यायाधीश राउतले शपथ ग्रहण गरेका हुन् ।

यसअघि राउतलाई राष्ट्रपति पौडेलले आजै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

 

प्रतिक्रिया