काठमाडौंबाट २९ जुवाडे पक्राउ


काठमाडौं- प्रहरीले  काठमाडौंका दुई स्थानबाट जुवा खेलिरहेका २९ जनालाई बुधबार पक्राउ गरेको छ ।

काठमाडौं- २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरासुन्दरी होटल एण्ड लजमा कौडा खेलिरहेको अवस्थामा काभ्रे तेमाल घर भई बौद्ध बस्ने २८ वर्षीय सोमबहादुर तामाङलगायत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। गोँगबु प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइलसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

यस्तै कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठसहित १६ जनालाई गत राति पक्राउ गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा पनि बरामद भएको छ ।

प्रतिक्रिया