झ्याप्ले खोलामा पुरिएका १३ जनाको सनाखत


काठमाडौं-  धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएकाे छ ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।

यी हुन् सनाखत भएकाहरू

१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)

२. अनुपतल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)

३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)

४. रमेशप्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)

५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा–७ (२५ वर्ष)

६. सुमन बजगाईँ, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)

७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)

८. दीपक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

९. दीपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)

११. प्रमिता भुसाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)

१२. कृशब रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)

१३. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)

प्रतिक्रिया